Latest Updates :
-->
LATEST UPDATES

महिलाको छिटो विर्य झर्ने बिधि ( तथ्य सहित)

१. कुनै देशमा नवविवाहिता दुलहीले पहिलोपटकको सम्भोगअघि कुखुराको चल्लाको रगतले भरिएको सानो ब्याग योनिमा राख्छन् । केही देशमा भने भेडाको जमेको रगत योनिमा राख्ने चलन छ । २. धेरै अनुसन्धानकर्ताहरू छाला सबैभन्दा ठुलो सेक्स अंग र दिमाग सबैभन्दा शक्तिशाली ठान्छन् । ३. किन्स्ले इन्सिच्युटका अनुसार वीर्य स्खलन हुँदाको गति २८ माइल प्रतिघण्टा हुन्छ । ४. महिलाको चरम आनन्द (अर्गाज्म) को रेकर्ड एक घण्टामा १ सय ३४ पटकको छ । ५. १० देखि १२ प्रतिशत महिलाले कहिल्यै चरम आनन्दको अनुभव गरेका हुँदैंनन् । सेक्स सिम्बोलको रुपमा अन्तर्राष्ट्रिय रूपमै लोकप्रिय अभिनेतृ मार्लिन मूनरोले कहिल्यै अर्गाज्मको अनुभव नगरेको बताइन्छ । ६.योनिमा रक्तसन्चार बढी हुने भएकाले रजस्वला भएको समयमा महिलाले बढी अर्गाज्म अनुभव गर्छन् । ७. नियमित सेक्सले मानिसमा रोगप्रतिरोधि क्षमताको विकास हुन्छ भने क्यालोरी खर्च हुने, महिलामा मासिक धर्म नियमित हुने र शारीरिक पीडामा प्राकृतिक औषधिको काम गर्छ । ८. आफ्नो यौनांगप्रति सकारात्मक सोच राख्ने महिला सेक्समा सन्तुष्ट नै हुन्छन् ।
९.महिलाहरु विभिन्न तरिकाले चरम सन्तुष्टि (अर्गाज्म) लिन सक्षम हुन्छन् । सबैमध्ये भंगाकुरको अर्गाज्म सबैभन्दा शक्तिशाली हुन्छ र महिलाले यसैबाट बढी सन्तुष्टि अनुभव गर्छन् । त्यसपछि अर्को हो, भ्यागिनल (योनि) को अर्गाज्म । तेस्रोमा जब महिलाको योनि र भंगाकुरले एकसाथ सन्तुष्टिको अनुभव दिन्छन्, त्यसलाई ब्लेन्डेड अर्गाज्म भनिन्छ । यस्तै, चुम्बन, निप्पल र खुट्टामाथि दबाब दिदा पनि महिलाहरू अर्गाज्म महसुस गर्छन् । १०. महिलाहरु पनि पुरुषजस्तै स्खलित हुन्छन् र त्यो पुरुषको वीर्य बन्ने रसायनबाटै बनेको हुन्छ । एकपटक महिला स्खलित हुँदा एक चम्चाजति स्त्रीरस स्खलन हुन्छ । ११. ठुलो र सानो स्तनबीच यौनिक हिसाबले कुनै अन्तर हुँदैंन । १२. महिलामा अर्गाज्म महसुस गराउने योनिभित्र रहेको स्थानको नाम ‘जी–स्पट’ डा. अर्नेष्ट ग्राफेनवर्गको नाममा राखिएको हो । उनले महिलाको योनिभित्र उत्तेजना दिने स्थान हुन्छ भन्ने पत्ता लगाएका थिए । १३. एक पुरुषले आफ्नो जीवनभर ०.५० खर्ब वीर्य स्खलन गर्न सक्छन् । १४. एक स्वस्थ पुरुषले जीवनभर १४ ग्यालेन वीर्य स्खलन गर्न सक्छ । १५. ३ करोड वर्षअघि ‘फुलिसिया डोरोथिया’ नामको जनावरले पहिलोपटक सेक्स गरेको भनेर धेरै वैज्ञानिकहरू विश्वास गर्छन् । १६. पोल्याण्डका समाजशास्त्री ब्रोनिस्ल मालिनोस्कीका अनुसार दक्षिण प्रशान्तका आदिवासीहरुले सेक्स गर्दाको पोजिसनको नाम ‘मिसनरी पोजिसन’ राखेका थिए । त्यहाँ भर्खर पुगेका क्रिश्चियन मिसनरीहरु आदिवासीहरू थुप्रै पोजिसनमा सेक्स गर्छन् भन्ने सुनेर छक्कै परेका थिए । १७. आफ्नी श्रीमतीलाई घरेलुकाममा सघाउने पुरुषहरु बढी सेक्स चाहन्छन्् । १८. पुरुषको लिंग र महिलाको योनिको वरिपरीको मांसपेशीलाई ‘प्युबोकोसाइजिल मसल’ भनिन्छ । यो मांशपेशीको नियमित अभ्यासले महिला तथा पुरुषमा अर्गाज्म दिन्छ । १९.कण्डम उत्पादक कम्पनी ड्युरेक्सले सन् २००७÷२००८ मा गरेको अनुसन्धानअनुसार सबैभन्दा धेरै सेक्स गर्नेमा ग्रिसका मानिस पर्छन् । उनीहरुले वर्षमा १६५ पटक सेक्स गर्छन् । त्यसपछि ब्राजिलका मानिसले १४५ पटक गर्छन् । विश्वभरका मानिसले वर्षमा सरदर १०३ पटक सेक्स गर्छन् ।

साउथका हट नायिकाहरु

तपाई साउथ इण्डियन फिल्म कत्तिको हेर्नुहुन्छ ? भाषा नबुझेपनि एक्सन र आकर्षक नायिकाहरुको कारणले भएपनि साउथ इण्डियन फिल्म हेर्ने तपाइ हामी यहीँ छौं । झुसिलकिरा जस्तो जुगाँ सहितका नायकहरुले मस्त कुटेको एक्सन सिन देखि सुन्दरताले भरिएका नायिकाहरुको झलकको लागि भएपनि साउथ इण्डिएन फिल्म नेपाली माझ पनि चर्चित नै छ । यिनै साउथ इण्डियन फिल्मका टप १० हट नायिकाहरु को को छन त ?
१. श्रिया सारन
सन १९८२ सेप्टेम्बर ११ मा भारतको देहरादुनमा जन्मेकी श्रियाको पुरा नाम भने श्रिया पुष्पेन्द्र सारन हो। ५ फिट ६ इन्च उचाइकी यि नायिकाले तलेगु, तामिल, मलायालम र हिन्दी फिल्महरुका साथै केही अङ्ग्रेजी र कन्नड फिल्ममा पनि अभिनय गरिसकेकी छिन् । उनको पहिलो फिल्म २००१ को तेलेगु फिल्म 'इस्तम' हो तर पहिलो व्यवसायिक सफल फिल्म भने २००२ को सन्तोषम रहेको छ ।
२. नयनतारा
सन् १९८४ नोभेम्बर १८ मा भारतको बेंगलुरू मा जन्मेकी नयनताराको पुरा नाम डायना मारियम कुरियन हो । ५ फिट २ इन्च अग्ली यि नायिकाले २००५ मा तामिल भाषाको 'अय्या' नामक पहिलो फिल्म खेलिन र एक वर्ष पश्चात 'लक्ष्मी' फिल्म खेल्दै तेलेगु फिल्म इन्डस्ट्रीमा पनि खाता खोलिन् । २०११ को 'श्री रामा रज्याम' नामक तेलेगु फिल्मको 'सीता' पात्रको लागि 'उत्कृष्ट तेलेगु नायिका'को लागि फिल्म फेयर अवार्ड पनि जितिकी छिन नयनताराले ।
३. नमिथा
सन् १९८१ को मे १० मा जन्मेएकी नमिथाले तेलेगु, तामिल, कन्नड, हिन्दी तथा मलायालम फिल्महरुमा अभिनय गरिसकेकी छिन् । ६ फिट अग्ली यि नायिका सन् २००१ को मिस इण्डिया पेजेन्टमा 'फोर्थ रनर अप' भएकी थिइन जुन बेला सेलिना जेट्लीले मिस इण्डियाको क्राउन लगाएकी थिइन् ।
४. काजल अग्रवाल
सन् १९८५ को जुन १९ मा मुम्बइमा जन्मेकी काजललाइ तेलेगु र तामिल फिल्महरुले सफलताको शिखरमा पुर्याएको छ भन्दा फरक पर्दैन । २००४ को 'क्यु...!हो गया ना' नामक हिन्दी फिल्मबाट बलिउडमा पनि करिअरि अघि बढाइन काजलले । ५ फिट ३ इन्च अग्ली यि नायिकाले खेलेको तेलेगु फिल्म 'मगधिरा' (सन् २००९) तेलेगु इन्डस्ट्रिमा ठुलो हिट बन्यो र यहि फिल्मबाटै 'उत्कृष्ट तेलेगु नायिका' को लागि फिल्म फेयर पनि जितिन काजलले ।
५. तमन्ना भाटिया
सन् १९८९ डिसेम्बर २१ मा मुम्बइमा जन्मेकी तमन्नाले आफ्नो एक्टिङ करिअरको सुरुवात बलिउड फिल्म 'चाँद सा रोशन चेहेरा' फिल्मबाट गरेकी थिइन् । ५ फिट ६ इन्च अग्ली यि नायिकाले साउथको यात्रा भने तेलेगु फिल्म 'श्री' बाट गरेकी थिइन् ।
६. त्रिशा
सन् १९८३ मे ४ मा जन्मेकी त्रिशाको पुरा नाम त्रिशा कृष्णन हो । ५ फिट ८ इन्च अग्ली यि नायिकाले १९९९ मा 'मिस मद्रास' को ताज पनि पहिरेकी छिन् । सन् १९९९ मा तामिल फिल्म 'जोडी' मा सहायक भुमिकामा देखिसकेपछि २००२ मा 'मौनम पेसीयधे' मा पहिलो पटक मुख्य भुमिकामा देखापरेकी थिइन् त्रिशा ।
७. प्रियामनि
सन् १९८४ जुन ४ मा भारतको बेंगलुरूमा जन्मेकी प्रियामनि ५ फिट ६ इन्च अग्ली छिन् । सन् २००४ मा तामिल फिल्म 'कंगलाल कैथू सेइ' र मलायालम फिल्म 'सत्याम' बाट डेब्यु गरेकी प्रियामनिले २००७ मा गाँउको केटीको भुमिकामा खेलेको तामिल फिल्म 'पारूथिवीरन' ले धेरै चर्चा बटुल्यो । फलस्वरुप 'उत्कृष्ट नायिका' को लागि राष्ट्रिय फिल्म फेयर अवार्ड र तामिल नाडु फिल्म फेयर पनि जितिन प्रियामनिले ।
८. इलियाना डी'क्रूज़
सन् १९८७ को नोभेम्बर १ मा मुम्बइमा जन्मेकी इलियाना ५ फिट ५ इन्च अग्ली छिन् । तेलेगु, तामिल र हिन्दी फिल्ममा अभिनय गरिसकेकी इलियानाले तेलेगु फिल्म 'देवदासु' को लागि सन् २००६ मा 'बेस्ट फिमेदल डेब्युट' को लागि फिल्म फेयर पनि जितेकी थिइन् । अनुराग बासुको फिल्म 'बर्फि' बाट बलिउडमा पाइला टेकेकी इलियानाले फेरी 'बेस्ट फिमेदल डेब्युट' कै लागि फिल्मफेयर जितेकी थिइन् ।
९. जेनेलिया डिसूजा
सन् १९८७ अगस्त ५ मा मुम्बइमा जन्मेकी जेनेलिया ५ फिट ६ इन्च अग्लि छिन् । अमिताभ बच्चन संगको 'पार्कर पेन' विज्ञापनमा देखा परेपछि, सन् २००३ मा 'तुजे मेरी कसम' फिल्मबाट आफ्नो करिअर सुरु गरेकी थिइन जेनेलियाले । 'बोमारिलु' नामक तेलेगु फिल्मले २००६ मा फिल्म फेयर पनि जिताएको थियो जेनेलियालाइ ।
१०. असिन थोट्टूमकल
सन १९८५ अक्टोबर २६ मा भारतको कोचीमा जन्मेकी असिन ५ फिट ७ इन्च अग्ली छिन् । यि नायिका भरतनाट्यम नाचमा पोख्त पनि छिन् । आठ वटा भाषा बोल्न सक्ने असिनलाइ कलिउडको रानी पनि भनिन्थ्यो । बलिउडमा भने २००८ मा 'गजिनी' बाट डेब्यु गरेकी थिइन असिनले ।

विवाहितसँग सम्बन्ध राख्न नहुने कारण

आजभोलि विवाहेत्तरका सम्बन्ध सामान्य जस्तै भैसकेका छन् । मानिसहरु बैबाहिक जीवनमा सन्तुष्ट हुँदैनन् र विकल्प खोज्छन् । तर त्यस्ता सम्बन्धले पारिवारिक र सामाजिक जीवनमा भने धेरै समस्या निम्त्याइरहेका हुन्छन् । यदि तपाइँ कुनै विवाहित पुरुष र महिलासँग सम्बन्धमा हुनुहन्छ भने आजै देखि छोडिदिनुस् । किन भने विवाहितसँग सम्बन्ध राख्नुका फाइदा भन्दा घाटा धेरै छन् ।
गलतः यदि तपाइँ विवाहितसँग रोमान्स गर्दै हुनुहुन्छ भने मनमनै मैले सही गरेको छैन भन्ने भावनाले जितिरहेको हुन्छ । जति रमाइलो हुनु पर्ने हो त्यति रमाइलो हुन सक्दैन । मन मनै मैलै गलत गरिरहेको छु भन्ने भावनाले ग्रस्त भएर बाँच्नु पीडादायी हुन्छ । दोश्रो प्राथमिकताः यदि तपाइँ विवाहितसँग सम्बन्धमा हुनुहुन्छ भने विचार गर्नुस् तपाइँ उसको पहिलो प्राथमिकता कहिल्यै पनि हुनुहुने छैन । किन भने विवाहितको जीवनमा श्रीमान श्रीमति वा छोराछोरी पहिलो प्राथमिकता हुन् । तपाइँसँगको रोमान्स सँधै दोश्रो प्राथमिकता हो । यदि छान्नै पर्ने अवस्था आयो भने विवाहितले परिवार र आफ्नो जीवनसाथी नै छान्छन् । झुटको जगः तपाइँको सम्बन्ध विवाहितसँग छ भने त्यो सम्बन्ध नै झुटमा आधारित हुन्छ । किन भने घरमा श्रीमान वा श्रीमती र छोरा छोरी भएको ब्यक्तिसँग सम्बन्ध राख्ने ब्यक्तिले सँधै झुटो बोल्नु पर्ने हुन्छ । र तपाइँसँग सम्बन्ध राख्नेले पनि झुट नै बोलिरहेको हुन्छ । एउटा कुरा लुकाउन अर्को झुट बोल्नु पर्ने र झुट माथि झुट थपिँदै जान्छ । मनमा अशान्तिः आफै सोच्नुस् यदि तपाइँको श्रीमान वा श्रीमतिले तपाइँलाई धोका दिइरहेको चाल पाउनु भो भने कस्तो अनुभव हुन्छ । गहिरिएर सोंच्नु भो भने तपाइँलाई पनि लाग्छ यो गलत कुरा हो । विवाहितसँगको सम्बन्धमा मनमा शान्ति हुँदैन र सँधै तनाव रहन्छ । यसकारण विवाहितसँग सम्बन्ध नराख्नुस् ।

सम्भोगको बेला महिलाले विर्य झारेको थाहा पाउने तरिका

यसरी पाउछन महिलाले यौनसम्बन्धमा चरमसुख तपाईं यौन आनन्दको अन्तिम खुडकिलोसम्म पुग्न असफल भइरहनुभएको छ ? चरम आनन्द (अर्गाज्म) भन्दा अघि नै चिसिनुहुन्छ ? अमेरिकामा गरिएको अनुसन्धानअनुसार महिलाले चाहे हरेक पटक चरम सुख उठाउन सक्छन् ।त्यसको लागि धैर्यता र यौनसाथी बीच उचित तालमेल हुनु जरुरी छ ।
के साँचो हो भने पुरुष बिनाकुनै समस्या हरेक पटक चरम आनन्दसम्म पुग्छन्, महिलालाई भने समय लाग्छ । कतिपय अवस्थामा महिला आफ्ना पतिसँग दिनहुँ यौन सम्बन्ध राख्न इच्छुक हुँदैनन् । यसो हुनुको एउटा महत्त्वपूर्ण कारण यौन साथी आफूभन्दा पहिले चरम आनन्दसम्म पुग्नु पनि हो । यस्तो हुँदा कम उमेरका युवतीमा आफूमा केही कमी रहेको भ्रमले डेरा जमाउन थाल्छ, उमेरको साढे तीन दशक पार गरेका महिला भने आफूमा यौन भावना घटदै गएको सोच्न थाल्छन् । उक्त अनुसन्धानले हरेक पटक महिलाले चरम सुख लिन सक्ने देखाएको छ । तर गर्भधारणका लागि चरम आनन्द प्राप्त गर्नु आवश्यक नभएकाले चिकित्सकसमेत यो कुरालाई बढी महत्त्व दिँदैनन् । महिलाले चरम सुख प्राप्त गर्ने प्रसंगमा पुरुष साथीको सबैभन्दा महत्त्वपूर्ण भूमिका रहने अनुसन्धानमा उल्लेख छ । पुरुष साथीले महिला साथीलाई महत्त्व दिने बानी गरे उनीहरू चरम आनन्दतिर सहजै जान सक्छन् ।

हस्तमैथुनको बानि छुटाउन के गर्ने? जानी राखौ

आफ्ना यौन अङ्गहरू आफैंले चलाएर यौनसन्तुष्टि लिने एक किसिमको यौन व्यवहारलाई नै हामी हस्तमैथुन भन्छौं। पुरुषले विशेषतः लिङ्गलाई हातले अघिपछि चलाएर वा दबाब दिएर हस्तमैथुन गर्छन् भने महिलाले गर्ने हस्तमैथुनमा विविधता छ। उनीहरूले भगांकुर चलाउने, योनिमा केही पसाउनेदेखि अन्य यौन संवेदनशील अङ्ग जस्तै स्तनको मर्दनसम्म गरेर हस्तमैथुन गर्छन्। चरमसुख प्राप्त गर्ने कुरामा भगांकुरको महत्त्वपूर्ण स्थान भए पनि योनिमा केही पसाएर यौन आनन्द लिनु अर्को प्रमुख उपाय हो। के हस्तमैथुनले दुब्लो बनाउँछ ? वीर्य खेर फाल्नु हुँदैन भन्ने पूर्वीय समाजको मान्यता भएकाले धेरै शक्ति खेर जान्छ भन्ने सोच छ, तर त्यसमा सत्यता छैन। वीर्यमा प्रजनन क्षमताका लागि आवश्यक शुक्रकीट हुने भएकाले नै यसले बढी नै महत्त्व पाएको छ। सांकेतिक रूपमा हेर्दा जन्मको सुरुवात हुने बीजका रूपमा कार्य गर्ने भएकाले यसले पाएको महत्त्व जायज नै लाग्छ। यो शक्ति आफैंमा ठूलो तथा महत्त्वपूर्ण छ। पोषणका दृष्टिले हेरिने शक्तिको कुरा गर्दा एक सामान्य व्यक्तिलाई १ हजार ८ सयदेखि २ हजार २ सय क्यालोरी शक्ति चाहिन्छ र एकपल्टको वीर्य स्खलनमा यस्तै १५ क्यालोरीजति हुन्छ। यौनसम्पर्क गर्दा वा त्यस अघिपछिका शारीरिक क्रियाकलापदेखि लिङ्ग उत्तेजना, रस निस्कने, वीर्य स्खलनजस्ता कतिपय क्रिया-प्रक्रियामा पनि शक्ति (क्यालोरी) खर्च हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन, तर यौनसम्पर्कभन्दा हस्तमैथुनमा कम ऊर्जा खर्च हुन्छ। त्यसैले हस्तमैथुनलाई दुब्लोपनको दोष दिनु जायज छैन। बरु तपाईंले पोषण र व्यायाममा ध्यान दिनुहोला। बानी हटाउन के गर्ने ? यो एक स्वाभाविक प्रक्रिया र शरीरको माग भएकाले यसलाई कम गर्न वा बन्द गर्न आवश्यक छैन। शारीरिक रूपमा धेरै परिश्रम पर्ने किसिमका काम वा खेलकुद, यौन उत्तेेजना नहुने खालका साहित्य पढ्ने वा आफ्ना सौखका अन्य विषयमा प्रशस्त समय दिनेजस्ता क्रियाकलापबाट हस्तमैथुन गर्ने कार्यलाई केही हदसम्म कम गर्न सकिन्छ। हस्तमैथुन गर्न पायक पर्ने ठाउँ र समयको खोजीमा प्रशस्तै शक्ति र समय खर्च गरिन्छ। त्यसैले एकान्त वा हस्तमैथुन गर्न पायक पर्ने ठाउँमा सकभर नबस्ने प्रयास गर्नुपर्छ। सक्दो अन्य व्यक्तिहरूको माझमा समय बिताउने बानी बसाउन सके हस्तमैथुन गर्न पायक पर्दैन। विवाहपछि नियमित यौन सम्पर्क गर्ने अवसर पाइने भएकाले यस्तो क्रियाकलापमा स्वाभाविक रूपमा कमी आउन सक्छ। दाम्पत्य जीवनमा असर तथा पिता बन्ने कुरा हस्तमैथुन गरेका वा विवाहपछि पनि गरिरहेका व्यक्तिहरूले आनन्दले दाम्पत्य जीवन जिउन सक्छन् र जिइ नै रहेका छन्। त्यसैले अनावश्यक पीर नगर्नुभए हुन्छ। तपाईंको हस्तमैथुन मात्र गरेर श्रीमतीसँग यौनसम्पर्क नै नगर्ने सोच त छैन होला नि ? तपाईंको वीर्यमा पर्याप्त मात्रामा स्वस्थ शुक्रकीट छन् भने पिता बन्न केही असजिलो हुँदैन। यो पक्कै हो कि पिता बन्न कुनै महिलाले तपाईंबाट गर्भधारण गरेर शिशु जन्माइदिन सहयोग गर्नुपर्छ। निद्रा लाग्दैन यो क्रियाकलाप आनन्ददायक हुनुका साथै यसले यौन तनाववाट मुक्ति दिन्छ जसले निद्रा लाग्नमा सहयोग नै पुर्या्उँछ। तपाईंलाई यसको बानी परिसकेको हुनाले पनि प्रकृतिको यो आनन्दको पुरस्कार नलिई सुत्न मन नलागेको हुन सक्छ। यसमा म अस्वाभाविकता देख्दिनँ। पर्याप्त रूपमा शारीरिक परिश्रमयुक्त क्रियाकलापमा संलग्न हुनुभएको स्थितिमा हस्तमैथुन नगरे पनि निद्रा लाग्नुपर्छ।
के हस्तमैथुनलाई हल्का रूपमा लिइएको हो ? यौनआनन्द प्राप्त गर्ने उपायहरूमध्ये सबैजसोका लागि यौन संवेदनशील अङ्गजस्तै यौन अङ्गको घर्षण नै प्रमुख हो। यौनसम्पर्क गर्दा यौन अङ्गहरू एकआपसमा घर्षण गराइन्छन्। मानिसले आफ्नो यौन अङ्गको घर्षण अरू कसैको यौन अङ्गमा गराएर मात्र यौन आनन्द प्राप्त गर्छन् भन्ने होइन। सिद्वान्ततः सम्भोग गर्दा र हस्तमैथुन गर्दा यौन अङ्गको घर्षणबाट यौन आनन्द प्राप्त गर्ने प्रक्रिया उस्तै हो। त्यसैले सम्भोग गर्दा हानि हुँदैन र हस्तमैथुन गर्दा हानि हुन्छ भन्न मिलेन। यसलाई प्राकृतिक नमान्नेहरूमध्ये कसैले यसलाई पापसँग जोडेका छन् भने कसैले खराब स्वास्थ्यसँग, त्यसैले समाजमा अनेक मिथ्या धारणा व्याप्त छन्। हस्तमैथुन गरे अनुहारमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, नपुंसक हुने, विवाहपश्चात् आफ्नो यौनसाथीलाई सन्तुष्टि दिन नसक्ने वा शीघ्र स्खलन हुन्छ भन्ने भ्रमहरू व्याप्त छन्। यसले स्मरण शक्ति पनि ह्रास हुने होइन। हस्तमैथुनका सम्बन्धमा अनेक भ्रम भए पनि यसले यौनइच्छाको दमनबाट हुने तनाववाट मुक्ति दिन्छ। तनाववाट मुक्त मान्छे बढी सकारात्मक रूपमा सिर्जनशील हुन सक्छ। भनिन्छ, यसले यौन अपराध कम गर्न सहयोग पुग्छ। यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध तथा त्यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगवाट पनि जोगाउँछ। अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एचआईभी वा अन्य यौन संक्रमणहरू सर्नबाट पनि बचाउँछ। यी सबै तथ्य नै हुन्, त्यसैले हल्का रूपमा लिइएको भन्नु मनासिव नहोला। हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले समस्या उत्पन्न गराएको हुन्छ। मानिसले बाल्यकालदेखि नै ठूला व्यक्तिहरूको व्यवहारलाई चनाखो रूपमा अवलोकन गरिरहेको हुन्छ र त्यसैका आधारमा यौनसम्बन्धी धारणा बनाउन थाल्छ। त्यसैले यसमा हाम्रा सामाजिक मूल्य-मान्यताको ठूलो हात हुन्छ। प्राकृतिक शारीरिक क्रियाकलापसँग अमिल्दा मूल्य-मान्यताले त्यस्ता नकारात्मक असर देखाउँछन्।

निर्वस्त्र सुत्नुको फाइदा

तपाई रातमा सुत्दा लुगा फुकाल्ने गर्नुहुन्छ की हुन्न ? सायद बाहिरी कपडा फुकालेपनि भित्री लुगा चाहीँ फुकाल्नुहुन्न होला । अझ अहिलेको जाडो याममा त बाहिरी लुगा समेत फुकाल्न धौ धौ हुन्छ होला । बाहिरी लुगा समेत नफुकालीकन सुत्दाखेरी सुत्न अप्ठेरो हुने र निद्रा नपर्ने भएकाले भित्री लुगा वा नाइट डेस लगाएर सुत्ने चलन हुन्छ । तर विज्ञहरुले भने सुत्दाखेरी भित्री वस्त्र समेत खोलेर निर्वस्त्र सुत्ने गरेमा त्यो स्वास्थ्यका लागि निकै फाइदाजनक हुने बताउँछन् । विज्ञहरुका अनुसार निर्वस्त्र भएर सुत्नाले व्यक्तिको स्वास्थ्यमा धेरै फाइदा पुग्छ । निर्वस्त्र सुताई व्यक्तिको शारीरिक मात्र नभएर मानसिक स्वास्थ्यका लागि समेत उपयोगी हुने बताइन्छ । विज्ञहरुका अनुसार यौन रोगको जोखिम कम गर्न निर्वस्त्र सुताइ निकै फलदायी हुन्छ । खासगरी गुप्तांगमा हुने विभिन्न खालका संक्रमणको खतरा कम गर्न र गुप्तांग स्वस्थ राख्नका लागि निर्वस्त्र रुपमा सुत्नु आवश्यक हुने विज्ञहरुको ठम्याइ रहेको छ । निर्वस्त्र रुपमा सुत्दा गुप्तांगमा हुने ब्याक्टेरियाको संक्रमण नियन्त्रण हुन्छ ।
निर्वस्त्र सुत्नुको अर्को फाइदा भने मिठो निद्रा पर्नु हो । निर्वस्त्र सुताइले तपाइँलाई निद्राका बेला सितलता प्रदान गर्छ जसका कारण तपाइँलाई अझ गहिरो र मीठो निद्रा पर्छ । रातमा सुत्दा लुगा लगाएर सुत्ने बानीले व्यक्तिको सुन्दरतामा समेत असर पूराउँछ । विज्ञहरुका अनुसार सुत्दाखेरी लुगा लगाउने वा बढि न्यानो भएर सुत्दा मानिसको सरीरबाट मेलाटोनिन र ग्रोथ हर्मोनको उत्पादन कम हुन्छ । यस्तो हर्मोनको उत्पादन कम हुनु भनेको व्यक्तिमा छिटै बुढयौलीका लक्षण देखिनु हो । निर्वस्त्र सुत्नाले व्यक्तिको शरीरबाट यस्ता हर्मोनको उत्पादन बढि हुन्छ, जसका कारण बुढयौलीका लक्षणमा न्यूनिकरण मात्र होइन छाला र कपालको सुन्दरतामा पनि वृद्धि हुन्छ । निर्वस्त्र भएर सुत्नुको अर्को फाइदा पनि छ । त्यो के भने मोटोपन घटाउनका लागि समेत निर्वस्त्र सुताइ कामयावी हुन्छ । राम्रो निद्रा नपर्दा कोर्टिसोल हर्मोनको उत्पादन बढि हुने र यो हर्मोनका कारण व्यक्तिलाई बढि भोक लाग्ने भएकाले धेरै खाने र सोही कारण मोटोपन बढ्छ । तर, निर्वस्त्र सुत्दा पर्ने मीठो निद्राका कारण यो हर्मोनको मात्रा घट्न गई भोकमा सन्तुलन वा नियन्त्रण आउँछ जसका कारण मोटोपन नियन्त्रणमा समेत सघाउ पुग्छ । निर्वस्त्र सुत्ने बानीले व्यक्तिमा आत्मविश्वासको लेभलमा पनि वृद्धि गर्ने विज्ञहरु बताउँछन् । निर्वस्त्र सुत्ने मानिसले लुगा लगाएर सुत्नेले भन्दा बढि यौनसुख प्राप्त गर्छन् र उनीहरुको यौन जिवन पनि सफल बन्छ । जब दम्पतीहरु निर्वस्त्र रुपमा ओछ्यानमा सुत्छन् तब दुबैको नांगो छालाको स्पर्शले दुबैमा लभ हर्मोन भनिने अक्जीटोसिनको उत्पादन बढाउँछ । यसले व्यक्तिलाई सम्भोगका लागि सक्रिय बनाउँछ र इच्छा जागृत गर्छ अनि एक अर्कामा आकर्षण बढाउने काम गर्छ । निर्वस्त्र सुताइले मानिसमा सम्भोगका बेला चरम आनन्द प्राप्तिको दर पनि बढाउने बताइन्छ ।

केटीलाई मन नपर्ने केटाका १० बानी

केटा र केटीहरुबीच एक अर्कालाई बुझ्न निक्कै कठिन भैरहेको गुनासो चलिरहन्छ । खासगरी केटीहरुलाई बुझ्न केटाहरु सँधै नै असफल हुन्छन् । यदि तपाइँलाई पनि यस्तै समस्या भैरहेको छ भने यहाँ कुनै पनि केटीलाई केटाको मन नपर्ने १० बानीको चर्चा गरेका छौं ।
१. घुरेर हेर्ने केटीहरुलाई घुरेर हेर्ने केटा मन पर्दैन । उनीहरुलाई मायालु नजर मन पर्छ । केटाहरुले घुरेर हेरे भने असहज लाग्छ । २. कन्याउने कन्याउँदै केटीको नजिक जाने केटालाई केटीहरुलाई मन पराउँदैनन् । चिलाएकै छ भने पनि केटीको नजिक जाने समयमा नकन्याउनुस् । ३. चरित्रका कुरा केटीहरु बोल्ड हुँदै गएका छन् । आधुनिक केटीहरुलाई खाली चरित्रका कुरा गर्ने र केटीहरु केही खुल्ने वित्तिकै अनेक प्रश्न उठाउने केटाहरुसँग रिस नै उठछ् । बोल्डनेस र चरित्र फरक कुरा हुन् भन्ने मान्यता हुन्छ आधुनिक केटीको । ४. ब्रेकअपमा खेल्ने कुनै पनि केटीको सम्बन्ध भर्खरै टुटेको छ र केटाहरुले प्रेम प्रस्ताव राख्दै आउँछन् भने त्यस्ता केटा कहिल्यै पनि मन पराउँदैनन् । कुनै पनि केटीको ब्रेकअप भयो भन्दैमा तपाइँ दाउ हाल्न नजानुस् । ५. दुर्गन्ध कुनै पनि केटो नजिक पर्दा उसको शरीरबाट तीव्र गन्ध आउँछ भने त्यस्तो अवस्था केटीहरुलाई पटकक्कै मन पर्दैन । पसिना त हो नि भनेर केटीको नजिक जाने भूल कहिल्यै पनि नगर्नुस् । ६. संवेदनशील अंगमा नजर केटीहरुले केटाहरुले आफूलाई कहाँ हेरिरहेका छन् भन्ने कुरा खुव ख्याल गर्छन् । आफूले सृंगार गरेका कुरामा ध्यान दिने र आफ्नो ओंठ, बक्षस्थल, आइब्रो र पाखुरामा मात्र हेर्ने गरेको पटक्कै मन पराउँदैनन् । ७. खुला ठाउँमा पिसाव केटीहरुले लाजै नमानी खुला ठाउँमा पिसाव गर्ने केटाको बानी पटक्कै मन पराउँदैनन् । अधिकाँश केटामा हुने यो बानी मन पर्दैन केटीलाई । केटीको साथमा भएको समयमा खुल्ला ठाउँमा पिसाव फेर्ने भुल नगर्नुस् । ८. अश्लिलता खुल्लमखुल्ला अश्लिलता प्रदर्शन गर्ने केटाहरु पनि मन पर्दैन केटीहरुलाई । केटीहरुलाई अश्लिल साइट वा चलचित्र हेर्न जवर्जस्ती गर्ने बानी छ भने आजै देखि छोडिदिनुस् । ९. डकार केटीहरुलाई आफ्नै अगाडी डकार्ने केटाहरुको बानी मन पर्दैन । बरु लसुन वा पुदिना खाएर जानुस् तर केटीहरुको अगाडी डकार कहिल्यै पनि नगर्नुस् । १०. अस्थिर केही न केही चलाउने र शर्टको टाँक भए पनि खोलिरहने केटा केटीलाई मन पर्दैन । अस्थिर स्वभावका कारण केटीहरु टाढा हुन्छन् । अझ पाखुरा देखाउने केटा त केटीलाई मन नै पर्दैन । केटाहरुले केटीको आगाडी अंग प्रदर्शन नगरेकै राम्रो ।

विस्वको सबै भन्दा ठुलो हिप भएकी महिलाहरु

संसारमा विभिन्न सुन्दरी प्रतियोगिता भएको खबर त हामीमध्ये धेरैलाई थाहा छ । कतै मिस नेपाल, कतै मिस वल्र्ड, कतै मिस युनिभर्स भने कतै मिस इन्डियाको उपाधि जित्नेको संख्या वर्षेनी बढ्दो छ । तपाईंलाई सुन्दा अचम्म लाग्ला तर संसारमा यस्तो पनि प्रतियोगिता छ जहाँ हिपको आकारको आधारमा उपाधि प्रदान गरिन्छ । जसको सबैभन्दा ठूलो र अचम्मको हिप छ, त्यसले नै जित्नेछ ‘संसारको सबैभन्दा अचम्मको हिप’ को उपाधि ।
यो वर्ष चारजना महिलाहरुले उक्त उपाधि आफ्नो पोल्टोमा पार्न सफल भएका छन् । निकै मोटा मिकेल, डेनाइस, मार्लेना र क्लाउडिया आफ्नो शारिरिक बनावटप्रति निकै खुसी भएको बताउँछन् – दैनिक कार्य गर्न असजिलो हुने भएपनि ।
आफ्नो आठ फुटको हिपसहित ४२ वर्षीया मिकेल रफिनेली संसारको सबैभन्दा ठूलो हिप भएकी महिला घोषित भएकी छिन् । लस एन्जलसमा बस्ने चार छोराछोरीकी आमा आफ्नो शारिरिक बनावटप्रति निकै सन्तुष्ट भएको बताउँछिन् र उनका श्रीमानले पनि उनको यो शरिरलाई निकै मन पराउने उनले बताएकी छिन् । गर्विलो आवाजमा मिकेल भन्छिन्, ‘म अत्यधिक छु र मेरो शारिरिक बनावट पनि अत्यधिक छ । म मेरो शरिरलाई निकै मन पराउँछु । म मेरो हिप मनपराउँछु । यो मेरो सम्पत्ति हो ।’
हिपका कारण आफ्नो दैनिक कार्य गर्न निकै अप्ठेरो परेको उनले स्विकार गरेकी छिन् । उनलाई खाना पकाउनदेखि नुहाउनसम्म अप्ठेरो परेको उनी बताउँछिन् । कारमा नअट्ने भएका कारण उनी ठूलो ट्रक चलाउन बाध्य छिन् ।
अर्की ५६ वर्षीया डेनिस सोउडर ६ फिटको हिपसहित रेकर्ड कायम गर्न सफल भएकी छिन् । स्यासी डेनिस भन्छिन्, ‘यो कुरा मलाई भगवानले दिएका हुन् त्यसकारण यसलाई किन मन नपराउने ?’ डेनिसक पार्टनरले स्टिभका अनुसार यदि उनले आफ्नो हिपको आकार घटाएको खण्डमा उनी आफ्नी प्रेमिकाप्रति कम आकर्षित हुने बताएकी छिन् । तर स्टिभ तौलका कारण डेनिसले सहनुपरेको कष्ट प्रति दुखमनाउ गर्छन् । स्टिभ भन्छन्, ‘म उनी मोटी भएको हेर्न चाहन्छु तर उनी अस्वस्थ भएको हाइन र उनको शरिरमा धर्काहरु पनि देखिन थालेका छन् । ’
‘उमेर बढेसँगै यसको समस्या पनि थप हुने गर्दछ । कहिलेकाँही उनी मोटी भएको कुरालाई मनपराएकोमा दोषी ठान्दछु ।’ न्यूयोर्ककी मार्लेना प्लमर, ३५, को पनि हिपको साइज ७ कम छैन । ७ फिट हिप भएकी उनी आफ्नो खाली समयमा स्विमिङ जान्छिन् र डान्स गर्ने गर्दछिन् । अहिले उनी पार्टनरको खोजीमा भएको बताएकी छिन् ।
उनी भन्छिन्, ‘मेरो विश्वास छ कि कुनै दिन कुनै व्यक्ति मेरो लागि पक्कै आउनेछ ।’ उनी भन्छिन्, ‘म सानै हुँदा नै मेरो हिप ठूला थिए । म थोरै खाना खान्थेँ । मेरो हिप किन यसरी बढिरहेको छ भन्ने कुरा आजसम्म पनि कसैलाई थाहा छैन । तर म मेरा हिप मनपराउँछु , म मेरो आकार र हिपलाई माया गर्छु ।’
मोडलिङमा आफ्नो करियर बनाउन चाहने र प्लस साइज ४० वर्षीया मोडल क्लाउडिया आफ्नो हिपलाई थप बढाउनका लागि अष्ट्रियाबाट हलिउडमा स्थानान्तरण भइन् । उनी आफ्नो ६४ इन्चको हिपले उनलाई स्टारडमको लागि सहयोग गर्ने कुरामा उनी विश्वस्त छिन् ।
क्लाउडिया भन्छिन्, ‘मलाई मेरो हिप निकै सेक्सी लाग्छ । वास्तवमा मेरो सबै शरिर नै सेक्सी लाग्छ ।’ ‘मानिसहरुले मलाई हेर्न रुचाउँछन् किनभने म अरुभन्दा भिन्न छु । म निकै ठूलो छु तर मैले आफूलाई निकै आत्मविश्वासका साथ अघि बढाइरहेकी छु ।’ ‘मैले दैनिक २७ विवाहको प्रस्ताव पाउने गरेकी छु, ’ उनले भनिन् ।

सुघेर थाहा पाउनु होस् आफ्नो गर्बमा भएको बच्चा

गर्भमा रहेका शिशु छोरा हो कि छोरी भन्ने कुरा अब सुँघेर नै थाहा पाउने एक अध्ययनले बताएको छ । युनिभर्सिटी अफ क्यालिफोर्निया तथा ड्युक युनिभर्सिटीले यो तथ्य फेला पारेका हुन् । उक्त नयाँ अनुसन्धानका अनुसार यदि गर्भवती महिलाको पेटमा छोरा छ भने उनको शरिरबाट एउटा भिन्न प्रकारको गन्ध आउने गर्दछ जबकि छोरी भएको अवस्थामा भिन्न प्रकारको गन्ध आउने गर्दछ । यो गन्धको आधारमा गर्भवती महिलाले छोराको जन्म दिँदैछिन् कि छोरीको जन्म दिँदैछिन् भन्ने थाहा हुन्छ । लीमर प्रजातिको बाँदरमा गरिएको थियो परिक्षणः युनिभर्सिटी अफ क्यालिफोर्निया तथा ड्युक युनिभर्सिटीका वैज्ञानिकहरुले जेरेमी क्राउफोर्ड तथा क्रिस्टाइन डेराले यो कुराको परिक्षण लीमर प्रजातिको बाँदरमा गरेका छन् । यी दुबै वैज्ञानिकहरुले यो शोध रोयल सोसाइटी जर्नल बायोलोजी लेटर्समा छापेका छन् ।
ब्लड हर्मोनमा हुँदैछ परिवर्तनः गर्भावस्थाको दौरान महिलाहरुको हर्मोनमा थुप्रै प्रकारको परिवर्तन हुने वैज्ञानिकहरुले आफ्नो शोधमा पाएका छन् । यदि गर्भमा छोरा छन् भने यसको परिवर्तनमा अझ बढि मात्रामा हुने गर्दछ । छोरा छ भने तेज गन्धः गर्भवती लीमरको पेटमा छोरा भएको बेलामा अर्कै प्रकारको निकै तेज गन्ध निस्किएको र छोरी हुँदा हल्का गन्ध आएको अनुसन्धानको क्रममा पत्ता लागेको छ । मानिसहरुमा पनि यस्तै सम्भवः लीमर बाँदरमाथि गरिएको यो सफल परिक्षणका अनुसन्धानकर्ताद्वयले यस्तै मानिसहरुमा पनि सम्भव हुने बताएका छन् । यद्यपी गर्भवती महिलाको शरिरबाट निस्किएको गन्धको आधारमा छोरा÷छोरी पहिचान गर्नको लागि अहिलेसम्म कुनै पनि अनुसन्धान गरिएको छैन ।

सबै भन्दा राम्रो पार्टनर खोज्दै हुनुहुन्छ ? थाहा पाउनु होस्, को हुन्छ सबै भन्दा राम्रो पार्टनर

विगतमा ट्याटुलाई थुप्रै मनिसहरुले विद्रोही, लापरवाही, गैरजिम्मेवार र अव्यवसायिकको संज्ञा दिने गर्दथे । तर अहिलेको अवस्था फरक छ । नयाँ अनुसन्धानका अनुसार ट्याटु बनाउने मानिसहरुको संख्यामा उल्लेख्य रुपमा वृद्धि भएको र धेरैको शरिरमा एकभन्दा बढि ट्याटु हुने गरेको बताइएको छ । ट्याटु अहिले मानिसहरुका लागि निकै साधारण बनिसकेको छ । ट्याटुसँग जोडिएको पुराना बिचारहरु मानिसहरुले बिस्तारै परिमार्जन गरिरहेका छन् । वास्तवमा ट्याटु बनाउने मानिसहरुको निकै धेरै विशेषता हुन्छ विशेषगरि सम्बन्धमा । विज्ञानका आधारमा ट्याटु बनाउने मानिसहरु सबैभन्दा राम्रो पार्टनर हुने गर्दछन् । बुझौँ यसको कारणः
१. खुल्ला मन भएका मानिसहरुले नै सुन्ने गर्दछन्ः गर्मी महिनामा ट्याटु अरु मानिसहरुमाझ सार्वजनिक हुने गर्दछ र यसले सशक्त कुराकानीको भूमिका निर्वाह गर्ने गर्दछ । सन् २०१३ मा आर्काइभ अफ सेक्सुअल बिहेबियरमा प्रकाशित एक अनुसन्धानका आधारमा समुन्द्रको किनारामा ट्याटु बनाएका र नबनाएका महिलाहरुमध्ये ट्याटु बनाएका महिलाहरुसँग पुरुषहरुसँग नजिकिन खोजेको निष्कर्ष निकालेको छ । ट्याटु थुप्रै मानिसहरुका लागि पहिलोपटक गरिने सम्वादको विषय बन्ने गरेको बताइएको छ । जस्तै ‘कहाँ बनायौ ? अथवा ‘ट्याटु राम्रो छ ।’ यदि कोही महिला कुनै पुरुषसँग आकर्षित छिन् भने ट्याटुले उनलाई ती पुरुषसँग नजिक बनाइदिन सजिलो हुने समेत कोही मानिसहरुको बुझाई छ । २. जोखिम मोल्ने मानिसहरुले तपाईंलाई नयाँ ठाउँमा पुर्याउँछन्ः ट्याटु कसैको करकापमा बनाइने होइन । थुप्रै अनुसन्धानको अनुसार ट्याटु बनाउने मानिसहरु जोखिम मोल्ने किसिमका हुन्छन् । जोखिम मोल्ने मानिसहरुले सम्बन्धमा सकारात्मक असरहरु निम्त्याउने गर्दछन् । २६ वर्षीय रायन भन्छन्, ‘मसँग ९ वटा ट्याटु छ र अहिलेसम्म मैले ट्याटु भएका दुईजना महिलासँग डेट गरेको छु । मलाई ट्याटु बनाएका अथवा ट्याटु राम्रो लाग्ने महिला र पुरुष दुबैको संगत गरेको छु । यी मानिसहरु अरु मानिसहरुभन्दा भिन्न प्रकारका हुन्छन् । उनीहरु कुल र वाइल्ड हुने गर्दछन् ।’ र यो वाइल्ड नेचर र खुल्ला दिमाग भएका कारण उनीहरु नयाँ कुराहरुको अनुभव गर्न चाहन्छन् र अप्रत्यासित अवसर पनि पाउने गर्दछन् । ३. आत्मविश्वासीहरुको नजिक बस्दा भिन्नै अनुभवः ट्याटु थुप्रै मानिसहरुको साहसी र आत्मविश्वासिको सूचक हो । सम्बन्धमा आत्मविश्वासले ठूलो भूमिका निर्वाह गर्ने गर्दछ । आत्मविश्वास धेरै भएका मानिसहरु थोरै असुरक्षित महसुस गर्ने र धेरै विश्वास गर्ने किसिमका हुन्छन् । थेरापिष्ट जन डि मोरले गरेको एक अनुसन्धानका अनुसार करिब ८५ प्रतिशत महिलाहरुले ट्याटु बनाएका पुरुषहरु बढि रोचक भएको मान्ने गर्दछन् भने ६८ प्रतिशत महिलाले उनीहरु आत्मविश्वासि भएको मान्ने गर्दछन् । ४. भावना अभिव्यक्त गर्ने मानिसहरु अरुसँग जोडिने गर्दछन्ः प्रत्येक ट्याटुले केहि न केहि सन्देश बोकेको हुन्छ । आजकालका ट्याटुहरुले व्यक्तिगत भावना व्यक्त गर्ने गर्दछन् । ट्याटु बनाउने मानिसहरुले प्रतिकात्मक रुपमा आफ्ना भावनाहरु व्यक्त गर्ने गर्दछन् । भावना अभिव्यक्त गर्ने मानिसहरु जहिले पनि अरु मानिसहरुसँग घुलमिल गर्न सक्ने एक अध्ययनले बताएको छ ।

Hot look of Aishwariya Rai

Hostel Returns Poster Out

Nepali Movie hostel returns poster.producer sunil rawl,director suraj bhusal.cast-sushil shrestha,shashi shrestha,najir husen,sudham ck,abhaya baral,swastima khadka etc

अविवाहित बलिउड अभिनेत्रीहरु

Powered by Blogger.
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger